AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कम तौलको नवजात शिशुलाई मोरङ सहकारी हस्पिटलले बचायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ श्रावण २०७५, मंगलवार १९:३०
90
Shares
विराटनगर / कम तौलको नवजात शिशु विराटनगर स्थित मोरङ सहकारी अस्पतालले सफल उपचारपछि बचाएको छ । हस्पिटलले ९ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार गरेर बचाएको हो ।

सामान्यता दुई किलो भन्दा कम जन्मिएको बच्चा बचाउन गारो हुने गरेको चिकित्सवहरु बताछन् । तर, मोरङ सहकारीमा कार्यरत बालरोग बिषेशज्ञ चिकित्सवहरुको टोलीले कम तौल भएको बच्चाको सफल उपचार भएपछि आज डिस्चार्ज भएको छ ।

विराटनगर–२ घर भएकी रुवी कर्ण मोरङ सहकारीमा १४ साउनमा भर्ना भएकी थिइन् । उनको सोही दिन प्रसूती तथा स्त्री रोग बिशषेज्ञ डा. बालकृष्ण साहको टिमले शल्यक्रिया गरि कम तौल भएको नवजात शिशु निकालेको थियो । अस्पतालको बाल रोग विशेषज्ञ डा. प्रविनकुमार झा र डा. अन्सु घिमिरको टिमले उपचारपछि नवजात शिशु अहिले ठिक भएको अस्पतालका मेनेजर धरणी खनालले बताए ।

एक साता बढी उपचार गरेर मंगबार डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो ३ सय ग्राम पुगेको उनले बताए । उनले भने, ‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गर्न लागेका हौं ।’ अहिले बालिकाले आमाको दुध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको खनालले बताए ।

कम जन्म तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन चिकित्सवले बताए । उनीहरु स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. झाले बताए । डा. झाका अनुसार कम तौल भएका बच्चालाई चिसोबाट बचाउनुपर्ने सुझाब दिएका छन् । ‘कम तौल भएका बच्चामा शरीरलाई तातो बनाउने ब्राउन फ्याटको कमी हुन्छ,’ डा. झाले भने,‘ब्राउन फ्याट कम हुने भएकैले त्यस्ता बच्चालाई चाँडो चिसोले समाउँछ । तसर्थ कम तौल भएका बच्चालाई चिसोबाट बचाउन ध्यान पुर्याउनुपर्छ,’ डा. झाले भने ।

आर्थिक अवस्था नाजुक भएको कर्ण परिवारको उपचारमा मोरङ सहकारी हस्पिटलले एन.आइ.सियू., वेड भर्ना चिकित्सले निःशुल्क उपचार गरिदिएको छ । उपचारमा लागेको औषधीको खर्च भने डा.असित घिमिरले सहयोग गरेका छन् । घिमिरे लयान्स क्लब आफ विराटनगर मोरङका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर