AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालले नेदरल्यान्ड्सलाई दियो २१७ रनको लक्ष्य, कप्तान पारस र सोमपालको अर्धशतक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ श्रावण २०७५, शुक्रबार १८:४२
3
Shares
फाइल तस्वीर
विराटनगर / नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ४८ ओभर ५ बलमा सवै विकेट गुमाई २ सय १६ रनको सामान्य योगफल जोडेको थियो ।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका छन् । पारस ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाउँदा सोमपालले । आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६१ रन बनाए । पहिलो खेलमा अर्ध सतक प्रशार गरेको उप–कप्तान ज्ञानेन्द्र मल्लले १३ आउट हुन पुगे । त्यस्तै सुवास खकुरेल र दिपेन्द्रसिंह ऐरीले समान १९ रन जोडे । एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहितकुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । उनी १५ बल खेलेर ६ रन बनाएर आउट भए ।

आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले ३ विकेट, पिटर सिलर र मिचेल रिप्पोन २ विकेट तथा पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले १–१ विकेट लिए । नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहितकुमार पौडेल र ललित भण्डारीलाई मौका दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर