झोराहाटमा ‘बसाइँ’ नाटक मञ्चन

खबर पूर्वाञ्चल, १६ श्रावण २०७५, बुधबार १८:५८

विराटनगर / प्रवासी नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले आजदेखि मञ्चन सुरु गरेको छ ।

झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक साउन २० गतेसम्म जारी रहनेछ । यूवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको नाटकमा इलाम, संखुवासभा, मोरङलगायतका जिल्लाका कलाकारहरूले अभिनय गरेका छन् ।

नाटकको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सामाजिक विकृतिमाथिको तिखो प्रहार गरेको नाटकले सामाजिक रुपन्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बसाइँ उपन्यास कक्षा ११ को नेपाली विषयमा अध्यापन हुँदै आएको छ । कलाकारहरूलाई १५ दिनको प्रशिक्षणपछि नाटक मञ्चनका लागि तयार पारिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा पनि भाषा साहित्यसँगै रंगमञ्च स्थापित गराउन नाट्य समूहले काम गरिरहेको गुरागाईंले बताए । अनु श्रेष्ठ सहनिर्देशक रहेको नाटकमा दीक्षा चौधरी, मीना श्रेष्ठ, शिवराज विष्ट, प्रजिता श्रेष्ठ, प्रदीप सरदार, एलिजा विश्वकर्मा, लकेश राई, प्रविण मगर, सुनिल देवकोटा, यशोदा भट्टराई, विमल सम्बाहाम्फे, टीकाराज लावती, रुपेश खतिवडा र विनोद राईले अभिनय गरेका छन् । हरेक दिन साँझ ५ बजे नियमित शो हुनेछ भने बुकिङ शो पनि हुनेछ ।

विभिन्न विद्यालय र क्याम्पसहरूले अग्रिम बुकिङ गरेको अध्यक्ष गुरागाईंले जानकारी गराए । उनका अनुसार विद्यालय र क्याम्पसका लागि भने जुनसुकै समयमा पनि नाटक देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५