RUMPUM
animated ellipse animated ellipse

नक्कली औषधि बेच्ने तीन पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७५, सोमबार २१:४७
3
Shares
विराटनगर / मोरङ प्रहरीले नक्कली औषधि कारोवार गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले धरानका जीवन अग्रवाल, विराटनगरका दिपककुमार राय र सप्तरी महुलीका राकेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको हो ।

आइतबार मध्यरातमा औषधि पसलमा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएको छ । मानव स्वास्थ्यमा संवेदशिल जोडिएको औषधिको अबैध कारोवार गर्ने सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतवार दिउँसो प्रहरीले औषधि व्यापारी(एमआर) जीवन अग्रवाललाई नियन्त्रणमा लिएको थियो । अग्रवाल पक्राउ परेपछि नक्कली औषधि कारोवार हुने गरेको रहस्य खुलेको थियो । अग्रवाल पक्राउ परेपछि अनुसन्धान गरेको प्रहरीले अग्रवालले नक्कली र नेपालमा स्वीकृत नभएका औषधि सप्लाई गर्दै आएको फार्मेसीहरुमा छापा मारेको थियो । प्रहरी स्रोतका अनुसार एउटा औषधिमा अर्कै लेभल लगाएर औषधि पक्री हुने गरेको गुनासो आएपछि छापा मारेको थियो ।

धरान घर भई भारत सिलगुडी बस्दै आएका कारोवारी अग्रवालसँग मिलेर न्यूरो अस्पताल भित्र सञ्चालित लाईफ सर्पोट फार्मेसी, गोल्डेन अस्पताल भित्र सञ्चालित फेमली फार्मेसी, विराट नर्सिङहोम भित्र सञ्चालित मेडप्लस फार्मेसी, म्याक्स अस्पताल भित्र सञ्चालित लङ लाईफ फार्मेसी र विराट मेडिकल कलेज भित्र सञ्चालित महुली फार्मेसीका सञ्चालकले नक्कली औषधि बिक्री गर्दै आएका थिए ।

पक्राउ पर्नेमा दिपककुमार राय र प्रसान्तकुमार चौधरी छन् । उनीहरुलाई थप कारवाहीकालागि औषधि व्यावस्था विभाग क्षेत्रिय कार्यालय विराटनगर पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 comments

  1. यो सबै ता होसपिटल को भीतरी को पसल हरू हो
    नीयुरो होसपीटल / मैक्स होसपीटल / बी एम सी होसपीटल
    पत्राकार जी लेखनुस

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर