तीनदिन पर्खिएर प्रहरीले निकाल्यो दिसाबाट सिक्री

खबर पूर्वाञ्चल, १४ श्रावण २०७५, सोमबार २१:३४

विराटनगर/ सुनको सिक्री निलेका एक युवाले तीन दिन पछि सिक्री दिसा गरेका छन् । सुन किन्ने बहानामा राठी ज्वलरी हाउसबाट सुनको सिक्री निकेलका इटहरी २ का सुरजकुमार नेपालले सुन खाएको तीन दिनपछि आइतवार बिहान सिक्री दिसा गरेका हुन् ।

चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार साझ पक्राउ गरेको थियो । पक्राउ लगतै प्रहरीले कोशी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । नेपाललाई हेर्न मोरङ प्रहरीबाट खटिएको ३–४ जना प्रहरीको टोली करिब ६० घण्टा भन्दाबढीसमय देखि दिसा पर्खेर बसिरहेको थियो ।

अञ्चल अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीका अनुसार नेपालले बिहान ८ बजे सुनको सिक्री दिसा गरेका हुन् । प्रहरी टोली आलोपालो गरी शुक्रवार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालको दिसा पर्खेर बसेको थियो ।

सुन निलेपछि प्रहरीले नेपाललाई कोशी अञ्चल अस्पतालमा भर्ना गरेपछि अस्पतालले उनलाई अब्जरभेसन वार्डमा राखेको थियो । सुन दिसा गरेपछि उनलाई आइतवार बिहान डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिए ।

३१ बर्षिय नेपालले विराटनगर ९ स्थीत राठी ज्वेलरी हासबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाएका थिए । प्रहरीले नेपाललाई चोरी मुद्धा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५