पूर्वाञ्चल खबर
प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालय स्तरीय प्रगति समीक्षा वैठकमा मन्त्री राईले छोटो अवधिमा विभिन्न कठिनाई र अभावका वीच संघीयताको सुरुवातको क्रमको पाँच महिनाको छोटो अवधिमा सडक, पुल, भवन, रंगशाला सिंचाई, खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएको भन्दै प्रंशसा गरेका थिए ।
सडक वर्गीकरण गुरु योजना तयार गर्नु पर्नेमा जोड दिदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकहरुमा कालोपत्रे देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता रहेको बताए ।
उनले १ नम्बर प्रदेश निर्वाचन क्षेत्र दुई सडक, दुई पुल, नदी नियन्त्रण भवन, सिंचाइ लगायत क्षेत्रका आयोजना छनोट गरी कार्य गर्नु पर्नेमा जोड दिदै जनताको विकास प्रतिको चाहना र सरकारको सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे । मुख्यमन्त्री राईले व्यवस्थित शहरको विकासको लागि ढल , सडक र फोहरमैला व्यवस्थापनका लागि स्थानीय सरकारसंगको हातेमालो गर्न प्रदेश रकार तयार रहेको भन्दै शहरहरुलाई कुरुप देखाउने केवलका तारहरु भूमिगत राख्नु पर्ने बताए ।
मुख्यमन्त्री राईले प्रदेशका १४ जिल्लाको एक÷ एक स्थानमा एकिकृतक वस्ती विकासमा निर्माण गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताए ।
मुख्यमन्त्री राईले प्रदेशको विकास र जनताको आर्थिकस्तर वृद्धिका लागि सरकारले तयार पारेका गौरबका आयोजना, लगायत अन्य ठूला योजना तथा आयोजनाहरु निजी क्षेत्र, आफै, संघीय सरकार र विदेशी लगानीमा निर्माण सम्पन्न गर्ने कार्यका लागि कानून निर्माण कार्य अगाडी बढाएको बताए ।
समीक्षा वैठकमा प्रदेश प्रमुख सचिव सुरेशमान प्रधानले प्रदेश सरकारले निर्माण गरेका विकासका पूर्वाधारहरुमा देखिने गरी विस्तृत विवरण साइन वोर्ड राख्नु पर्नेमा जोड दिदै सम्मुनतिको आधार पूर्वाधार विकास भएको बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले पाँच महिनाको छोटो अवधिमा उद्देश्य अनुरुप कार्य गर्न सफल भएको बताए ।