AArya
RUMPUM
animated ellipse animated ellipse

सामुदायिक वनको झाडीमा बेवारिसे अवश्थामा शिशु फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७५, मंगलवार ०८:३१
3
Shares
खनेन्द्रकुमार राई (अर्जुन)
बेलबारी / बेलबारीको वार्ड ४ स्थित देविथान सामुदायिक वनको झाडीमा भरखर जन्मेको शिशु फेला परेको छ । जङगल दाउरा लिन गएका स्थानीय सुकमाया राईले शिशुलाई रुईरहेको अवस्थामा भेटाएकी हुन् ।

बेलबारी वार्ड नं. ४ स्थित त्रिवेणी वस्तीमा स्थाई बसोबास गर्ने ६८ वर्षीय सुकमाया राईले सोमबार बिहान जङगल गएका बेला शिशु रोई रहेको आवाज सुने पछि उनीसँगै जङगल गएका स्थानीयलाई बोलाएर नानीलाई सुरक्षित पूर्वक घर लगेको बताई न । शिशु अनुमानित ४ दिनको मात्र रहेको अनुमान राईको हरेको छ ।

शिशुलाई जङगलको झाडीमा भेट्दा कमिलाले टोकिरहेको अवस्थामा स्थानीयहरूले फेला पारेका हुन् । कमिलाले घाउ बनाएको, मैलो अवस्थामा रहेको भोको शिशुलाई गाउँलेहरुले नुहाई दिएर, दूध खुवाएर सुकमाया राईको घरमा लगे पछि प्रहरीलाई जानकारी दिएको स्थानीय बताए ।

घट्ना स्थलमा बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख रामकुमार राईको टोली सहित पुगेका थिए । शिशु छोरी रहेको र आमाले लगाएको लुगामा बेरेर शिशुलाई झाडीमा फ्याँकेको प्रमुख राईले बताए । शिशुको आमा को हो भन्ने थाहा नभएको र घट्नाबारे अनुसन्धान भइरहेको राईले जानकारी दिए ।

स्थानीयले समयमानै शिशुलाई भेटेर उद्दार नगरेको भए शिशुको ज्यान जान सक्ने थियो । अहिले शिशुलाई विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचारत रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर