RUMPUM
animated ellipse animated ellipse

बडीविल्डीङ र फिटनेस क्लवलाई व्यवस्थित गर्न प्रशिक्षकलाई तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०७५, शनिबार १७:२८
3
Shares
विराटनगर / बडीविल्डीङ र फिटनेस क्लवहरु व्यवसायीक बनाउन विराटनगरमा प्रशिक्षक तालिम आजदेखि शूरु भएको छ ।

मोरङ बलिविल्डीङ एण्ड फिटनेस एसोसिएसनले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षक तालिम विराटनगरमा सात दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदेश १ मा साना ठूला गरेर ३५ वटा क्लव सञ्चालनमा रहेको छ भने मोरङमा मात्र १७ वटा साना ठूलो फिटनेस क्लब सञ्चालनमा रहेका छन् । जसमा २५ लाख देखि ५ करोड सम्म लगानी गरिएको बताइएको छ । यसरी लगानी भएको फिटनेस सेन्टरमा प्रशिक्षकको रुपमा काम गर्ने प्रमाण पत्र सहितको तालिम प्रात प्रशिक्षक हुनु पर्ने आयोजकको धारणा छ ।

तालीमा ३० जनाको सहभागिता रहेको मोरङ बडीविल्डीङ एण्ड फिटनेस एसोसिएसनले जनाएको छ ।

तालिमको उदघाटन कार्यक्रममा राष्ट्रिय खेलकुदका तालीम तथा पशिक्षण विभाग प्रमुख रिम रानाभाट,नेपाल बडीबिल्डीङ फीटनेसका राष्ट्रिय अध्यक्ष शिव लामीछाने, नेपाल बडीबिल्डीङ फीटनेसका अन्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियार, मोरङ पत्रकार महासघका अध्यक्ष बन्धु पोखरेल राष्ट्रिय कर्मचरी संघका राष्ट्रिय अध्यक्ष रञ्जन थापालगायतले बोलेका थिए । उदघाटन सत्र एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर