AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एस.एस.एस. जल उद्योग शिलबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७५, शुक्रबार १९:०३
3
Shares
विराटनगर / प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा विराटनगरको पानी उद्योगहरु अनुगमन गरेको छ ।

आज विराटनगरको पाँच वटा पानी उद्योगमा अनुगमनको गरेको हो । मन्त्रालयको नेतृत्वमा निस्कृको अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र र मापदण्ड समेत पुरा नगरेको विराटनगरको कोचाखालमा सञ्चानमा रहेको एस.एस.एस. जल उद्योगमा शिलबन्दी गरिएको छ ।

चार वर्षदेखि अनुज्ञापत्र र मापदण्ड समेत पुरा नगरेको पाइएपछि अनुगमन टोलीले उक्त उद्योगमा शिलबन्दी गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको उपसचिब गोपिप्रसाद घिमिरेले बताए ।

एस.एस.एस. जल उद्योगले खाद्यले तोकिएको मापदण्ड पुरा नगरेसम्म र अनुज्ञायपत्र नलिएसम्म उक्त उद्योग शिलबन्दी गरिएको उनले बताए । मन्त्रालयको नेतृत्वमा निस्किएको टोलीले विराटनगर – ५ विशाल चौकमा रहेको शान्ति जल, गंगा यामुना जल उद्योग, गुडलक पानी उद्योग र विराटनगर ५ मा रहेको ग्रेड डे पानी उद्योगमा अनुगमन गरिएको थियो ।

अनुगमनको गरेको मध्ये शान्ति जल उद्योगले मात्र खाद्यले तोकेको मापदण्ड पुरा गरेको पाइएको छ भने अन्य तीन वटा उद्योगले समेत खाद्ययले तोकेको पुरै मापदण्ड भने पुरा गरेको छैन् ।

मन्त्रालयको नेतृत्वमा निस्किेको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ताबादी संघसंस्था र सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर