पूर्वाञ्चल खबर
कार्यालयले ३१ अर्ब २४ करोड ४८ लाखको लक्ष्यमा ३२ अर्ब ८१ करोड २६ लाख सङ्कलन गरी १ सय ५ दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको हो ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार भन्सार महसुलतर्फ १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा १३ अर्ब ८५ करोड २४ लाख सङ्कलन गरिएको छ ।
त्यस्तै भ्याटतर्फ १३ अर्ब २२ करोड ५७ लाखको लक्ष्यमा १७ अर्ब ५३ करोड १३ लाख असुली गरिएको छ ।कार्यालयले अन्तःशुल्कको वार्षिक लक्ष्य भने भेट्टाउन सकेको छैन । अन्तःशुल्कमा लागेको घाटालाई भ्याटले पूर्ति गर्न खोजेको देखिन्छ । अन्तःशुल्कको वार्षिक लक्ष्य ४ अर्ब ५६ करोड ९९ रहेकोमा १ अर्ब ४२ करोड ८८ लाख असुली भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा भन्सार विभागले साउन लागेपछि विराटनगर भन्सारको लक्ष्य संशोधन गरेर १ अर्ब ५० करोड घटाएपछि लक्ष्य पूरा भएको जानकारी गराइएको थियो । उक्त आर्थिक वर्षमा सुरुको लक्ष्य २५ अर्ब ८० करोड भए पनि साउन लागेपछि संशोधन गरेर २४ अर्ब ३० करोड बनाइएको थियो । कार्यालयले त्यस आवमा २४ अर्ब ३५ करोड सङ्कलन गरेको हुँदा लक्ष्य पूरा भएको दाबी गरिएको थियो ।