AArya
RUMPUM
animated ellipse animated ellipse

फेरी सञ्चालनमा ल्याइदै विराटनगर जुटमिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७५, बुधबार १८:३०
3
Shares
विराटनगर / विराटनगर जुट मिल फेरी सञ्चालनमा आउने भएको छ । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विराटनगर जुटमिल फेरी सञ्चालन आउने भएको हो ।

बिहीबारदेखि सञ्चालनको तयारी गरिएको मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरिरहेको बताउँदै बनले चलाउन लागेको बताए । मिल सञ्चालनका लागि ११ केभिए लाइन आज जडान भएको छ ।

लामो समयदेखि बन्दको अबस्थामा रहेको मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन काटिएको थियो । मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षण स्वरुप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

मिल पूर्ण सञ्चालनमा आएमा दैनिक २० टन जुटको सामाग्री उत्पादन गर्ने लक्ष्य राखेको छ । अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टन उत्पादन गरिने छ । फागुनमा ११ केभीए विद्युत लाइन काटिएपछि मिल बन्दको अवस्थामा छ ।

विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ-सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर