करोडौ रुपैयाँ अपचलन गर्दै सहकारीका मुख्य सञ्चालक ईश्वर श्रेष्ठसहित तीन जना फरार

खबर पूर्वाञ्चल, २ श्रावण २०७५, बुधबार ०८:३१

विराटनगर / विराटनगर–९ बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करोडौ रुपैयाँ अपचलन गर्ने मुख्य सञ्चालक ईश्वर श्रेष्ठसहित तीन जना फरार रहेका छन् ।

सहकारीको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिव इश्वर श्रेष्ठ, उपाध्यक्ष विष्णुप्रसाद सुवेदी र सदस्य तेजप्रसाद भन्ने सन्तोष ढकाल फरार भएका हुन् । प्रहरीले उनीहरुको खोजी गर्दै आएपनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत रहेका छन् ।

सहकारीको करौडौं घोटला प्रकरण
लामो समयदेखि विराटनगर–९ बाटारोडमा सञ्चालनमा आउँदै गरेको सहकारीले १ सय ८ जना बचतकर्ताको जाहेरीमा १ करोड ६६ लाख ५६ हजार २५ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए । उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी मध्धे उक्त सहकारीको घोटला प्रकरणको मुख्य मान्छे इश्वर र विष्णुप्रसाद रहेको स्रोतको दाबी छ ।

जाहेरी दिएको लामो समय हुँदा पनि अहिलेसम्म सहकारीको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य मान्छेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित निरास भएका भएका छन् । सहकारी मुख्य व्यवस्थापक श्रेष्ठ, सुवेदी र ढकाल पक्राउ नपर्दा आफुले जम्मा गरेको पैसाँ नपाउने हो कि भन्दै बचतकर्ताहरु चिन्तित भएका छन् ।

सहकारिका व्यवस्थापक तथा सचिव समेत रहेका इश्वरले आफन्त, नजिकको मान्छेको नाममा लाखौं रुपैयाँ आफैले कर्जा लिएर बचतकर्ताको जम्मा गरेको पैसाँ लिएर फरार भएको बताइएको छ । जाहेरी आधारमा सहकारी अध्यक्ष इन्द्रलाल श्रेष्ठलाई प्रहरी १७ जेठमा नियन्त्रणमा लिएको थियो । अमेरिका बस्दै आएका इन्द्रलालले भने सहकारीबाट पुस ४ गते नै राजिनामा दिएको पत्र फेला परेको छ । मटुको विरामी रहेका उनको उपचार विराट अस्पतालमा भइरहेको छ ।
यता मोरङ प्रहरी डिएसपी थापाले सहकारीको अपचलन गरि फरार भएका सञ्चालकहरु खोजी गर्दै आएको बताए । थप अनुसन्धान गर्न प्रहरीले केही दिन अगाडी सहकारीको कागजपत्र समेत जफत गरि अहिले अनुसन्धान गर्दै आएको छ ।

विराटनगरलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको प्राइम सहकारीले बचतकर्ताको करोडौ रुपैयाँ लिएर सञ्चालक फारर भएपछि लामो समयदेखि सहकारी बन्द भएको थियो । बन्द भएको सहकारीको सम्पूर्ण काजगपत्र जफत गरि अहिले उक्त सहकारी शिलबन्धी गरेको छ । सहकारीमा एक जना बचतकर्ताले लाखौ रुपैयाँ भन्दा बढी जम्मा गरेको छन् ।

लामो समयसम्म आफूहरूले बचत गरेको रकम दिन नमानेको भन्दै पीडितले सहकारी डिभिजन कार्यालयमा समेत उजुरी दिएका थिए । ७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रहेको डिभिजन सहकारीमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५