AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको भुत्तानी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०७५, मंगलवार ०७:४५
3
Shares
काठमाडाैं / आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ ।

सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

अार्थिक वर्ष सकिन एकदिन मात्र बाँकी रहदाँ अाइतवार साढे ३३ अर्ब रूपयाँकाे चेक काटेकाे सरकारले विकास बजेट तर्फ २७ अर्ब ६२ कराेड ६५ लाख २४ हजारकाे चेक काटेकाे छ । आजको कारोबार दैनिकमा यो खबर छापीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर