पूर्वाञ्चल खबर
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । उनले मोहियानी हक मिलाई दिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस लिएका थिए ।
विशेष सूचनाको आधारमा नायव सुब्बा खतिवडालाई अख्यितारको टोलीे रङगेहात घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीका प्रहरी निरीक्षक राजन कार्कीेले जानकारी दिए ।
पक्राउ परेका नायब सुब्बा खतिवडामाथि अनुसन्धान भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।