किरात प्रदेश’ नाम राख्न मुख्यमन्त्रीलाई स्मरणपत्र

खबर पूर्वाञ्चल, २९ असार २०७५, शुक्रबार २१:०४

विराटनगर / एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएको छ ।

प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न भन्दै किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले आज एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्मरण पत्र बुझाएको हो ।

प्रदेश नम्बर १ को भुगोल – किराती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिक र राजनैतिकसँग जोडिएको भन्दै यस अघि नै किरात राई यायोक्खाले ज्ञापन पत्र बुझाईसकेका थिए । किरात राई यायोक्खा जिल्ला कार्य समिती मोरङका अध्यक्ष नविन राई सचिव कृष्णकुमार राईलगायत किराती अगुवाहरुले ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर १ लाई ऐतिहासीक किराती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिकको आधारमा किरात प्रदेश नामकरण हुनुपर्ने बताए ।

किरातीहरुको धार्मिक ग्रन्थमा पौराणिक किंवदन्तीहरूमा पनि प्रदेश नं १ को भूमिबाटै किरातीहरुको मानव सभ्यता र उत्पत्तिको विकास भएको भन्दै अध्यक्ष राईले प्रदेशको नामाकरण किरात प्रदेश नै हुनुपर्नेमा जोड दिए । स्मरण पत्र बुझ्दै मुख्यमन्त्री राईले किराती मुख्यमन्त्री राईले आफूले सक्दो एक नम्बर प्रदेशको नामाकरण किरात प्रदेश नै राख्ने आस्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. sadananda abhagi लेख्नुहुन्छ

    kunai pani pradeshko nam jatiyeta jhalkanegari rakhna hundaina . Prakritik sampdako aadharma rakhda ramro hunchha. Nepalma sabai jatiharu misiyeko samaj chha ,yek jatiko namma namrakhda arujatilai chot pug chha.

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५