AArya
RUMPUM
animated ellipse animated ellipse

स्थापना दिवसमा सञ्चारकर्मी राई,चौहान र चापागाईं पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०७५, बुधबार १७:२७
18
Shares
सम्मानित हुनेहरु सामाजिक विकाश मन्त्री जिवन घिमिरेबाट सम्मान ग्रहण गर्दै । तस्वीर-पुष्पराज थपलिया
विराटनगर/ सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको सातौ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारहरु सम्मानित भएका छन् ।

आज स्थापना दिवसको अवसरमा सहकारीले स्थापना गरेको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट अभय राई, मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट उर्लाबारीकी पत्रकार ज्योति चौहान र ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गरेको छ । चन्द्रलाल दुर्गादेवी दाहाल श्रमजीवि पत्रकारिता पुरस्कार २१ हजार राशीको रहेको छ भने मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारको राशी १० हजार रहेको छ । यस्तै आर्थिक पत्रकारिता पुरस्कारको राशी भने ३१ हजार रहेको छ ।

कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीनै जना पत्रकारलाई दोसल्ला ओडाएर सम्मानित गरे । मोरङका पत्रकारहरु संलग्न रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले प्रत्येक वर्ष तीन पुरस्कार वितरण गर्ने जनाएको छ । श्रमजीवि पत्रकारको हितलाई ध्यान दिएर स्थापना भएको सहकारिले पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिको संस्थाका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकारलाई पुरस्कृत गर्दै पत्रकारिता पेशालाई व्यवसायीकता बनाउनु पर्ने बताएका छन् । मन्त्री घिमिरेले सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै प्राप्त पुरस्कारवाट पत्रकारीतामा गुणस्तरवृद्धि भै संचारकर्मीहरुलाई प्रोत्साहन एवम् हौसला प्राप्त हुने विश्वास व्यक्त गरे ।

समाजसेवी दिनवन्दु गोयलले “ओमप्रकाश गोयल पुरस्कार”को राशी आगामी वर्षदेखि रु ५१ हजार पुर¥याउने घोषणा गरे । सञ्चारकर्मी सहकारीका अध्यक्ष मोहन भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइटेल , जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले पुरस्कृत पत्रकारहरुले मुलुकको समृद्धिमा कलम चलाउने विश्वास व्यक्त गरेका थिए । मिना श्रेष्ठ महिला पत्रकार पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भैसकेका छन् ।

राष्ट्रिय समाचार समिति पूर्वाञ्चल क्षेत्रिय कार्यालय विराटनगरमा समाचारदाता रुपमा कार्यरत रहेकी मीना श्रेष्ठले पूर्वाञ्चल क्षेत्रमा कार्यरत महिला पत्रकारहरुलाई प्रदान गर्ने गरी विस २०७२ मा रु १ लाख २५ हजार रकमको अक्षयकोष स्थापना गरेकी थिइन् ।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कारबाट यसअघि कुमार लुइटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भएका थिए । समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजु ओममप्रकाश गोयलको नाममा रु तीन लाखको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारमध्ये एकजनालाई रु ३१ पुरस्कार प्रदान गर्ने गरी स्थापना गरेको होे ।

सात वर्ष अगाडि रु २ लाख रकमवाट शुरु भएको सञ्चारकर्मी सहकारी सहकारी सस्थाले अहिले रु १ करोड रकम वरावरको कारोवार गर्ने गरेको सो संस्थाका सचिव महाप्रसाद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर