पूर्वाञ्चल खबर
यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रवेशसँगै विश्वकपको उपाधि युरोपेली देशले नै भित्र्याउने निश्चित भएको छ । सेमीफाइनलमा फ्रान्स, क्रोएसिया, बेल्जियम र इंग्ल्याण्डले स्थान बनाएका छन् ।
सेमीफाइनलको पहिलो खेल आज १९९८ को विश्वविजेता फ्रान्स र बेल्जियमबीच बीच हनेछ भने अन्तिम खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र क्रोएसियाविच बुधबार हुनेछ । फाइनलमा १९९८ को विश्वविजेता फ्रान्स २ पटकको विश्वविजेता उरुग्वेलाई २–० को गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुगेको हो भने बेल्जियमेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोलले अन्तरले स्तब्ध पार्दै सेमीफाइनलको ढोका खोलेको हो ।
खेल नेपाली समय अनुसार आज राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । बेल्जियमलाई पराजित गर्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो । यी दुई टोली अहिलेसम्म भिडन्तमा बेल्जियमनै भारी परेको छ । यी दुईविच ७३ पटक आमने सामने भएकोमा बेल्ज्यिमले ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ । १९ खेल बराबरीमा टुंगिएका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली भने फ्रान्सले एक खेलमा बराबरी गरेको छ ।
बुधबारैे दोस्रो सेमफिाइनल खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र क्रोएसियाविच हुँदैछ ।
वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनको चुनौतीलाई २–० गोलले पन्छ्याउँदै २८ वर्षपछि इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि इंग्ल्याण्ड सन् १९९० सालमा सेमिफाइनलसम्म पुगेको थियो । क्रोएसियाले आयोजक आयोजक रसियाको चुनौतीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउदैं २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि क्रोएसियाले पहिलो सहभागिमा सन् १९९० सालमा फ्रान्समा सम्पन्न विश्व्कपको सेमिफाइनल खेल खेलेको थियो ।