AArya
RUMPUM
animated ellipse animated ellipse

श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०७५, मंगलवार ०७:४२
3
Shares
काठमाडौँ / रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेकाे छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।

आइतबार भएको छलफलमा रोजगारदाता आफूले प्रस्ताव गरेको १२ हजार ५ सय रुपैयाँबाट बढाएर १३ हजार ४ सय ५० रुपैयाँ दिन तयार भएका हुन्। ट्रेड युनियनले १७ हजार रुपैयाँबाट घटेर १४ हजार ५ सय रुपैयाँ दिनुपर्ने अडान राखेका थिए।

यस्तै अब दैनिक ज्यालादारीमा काम गर्नेले ५ सय १७ रुपैयाँ र घण्टाका आधारमा काम गर्नेले प्रति घण्टा ६९ रुपैयाँ पाउने भएका छन् । सरकारले चिया बगानमा काम गर्ने र घरेलु कामदारको पारिश्रमिक छिट्टै तोक्ने जनाएका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर