पूर्वाञ्चल खबर
सरकारका तर्फबाट सदनमा उक्त विधेक पस्तुत गरेका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संविधानको धारा १८ र २३३ कोे व्यवस्था अनुसार विधेयक ल्याएको बताए । संविधानको धारा १८ र २३३ द्वारा निर्देशित भएकोले आवश्यक सवै विषय वस्तु विधेकमा समेटिएको सदनमा जानकारी गराएका थिए । उनले अन्य प्रदेश र विदेशबाट आएका नागरिकको हकमा १ नम्बर प्रदेशमा के गर्ने भन्ने व्यवस्था विधेयकमा भएकोे जानकारीसमेत दिए । कानुन मन्त्री कार्कीले विधेयक माथिको सैद्धान्तिक छलफल पछि कुनै विषेश समुदायलाई विशेष सुविधा दिने आधार पनि यहि विधेयकमा भएको बताए ।
छलफलमा प्रदेश सांसद विमल कार्कीले एउटा समुदाय मात्र बसोबास गरेका क्षेत्रहरुको संरक्षण गर्न त्यस क्षेत्रको जमिन बाहिरबाट आउनेलाई बेच्न नपाइने व्यवस्था कानुनमा हुनु पर्ने माग गरेका थिए । नियन्त्रण नगरे त्यस्ता क्षेत्र व्यापारी र पुजीपतीको हातमा पुग्ने बताए । उनले विधेयक विषय गत समितिमा दफादार छलफलमा पठाउन समेत माग गरेका थिए । साथै छलफलमा प्रदेश सासद शान्तादेवि पौडेल र राजकुमार ओझाले पनि बोलेका थिए ।