AArya
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन प्रकरण : ६ अभियुक्तको बयान सकियो, थुनछेक बहस आइतबार हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०७५, शुक्रबार १८:२१
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी तथा उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको ६ जना अभियुक्तहरुको बयान दुई लगाएर शुक्रबार सकिएको छ । जिल्ला अदालत मोरङको जिल्ला न्याधीश नारयणप्रसाद शर्माको इजालमा बयान भएको थियो ।

पहिलो दिन सुन व्यवसायी उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्तकुमार आचार्य, मनि ट्रान्सफर सञ्चालन गर्ने दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, प्रजातान्त्रीक नेता भुजुङ गुरुङको सवारी चालक फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ्गको बयान सकिएको थियो भने दोस्रो दिन दोलखा चरिकोट १ का ४३ वर्षिय गोरेका सहयोगी मोतीराम श्रेष्ठ, काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारीको बयान सकिएको हो । उनीहरुले प्रहरीमा दिएजस्तो नदिएर अदालत समक्ष ६ जना अभियुक्तहरुले बयान फेरका छन् ।

अदालत समक्ष बयान सकिएसँगै आइतबारदेखि न्याधीश शर्माको ६ नम्बर इजालसमा थुनछेक बहस हुने जिल्ला अदालत मोरङले जनाएको छ । थुनछेक बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता पदम वस्ती र रोहित पोखरेलको टिम बनेको बताइएको छ ।

प्रतिवादीको तर्फबाट बहस गर्न विराटनगरका नाम चलेकादेखि काठमाण्डौसम्मका कानुन व्यवसायीहरु आउने बारका एक जना कानुन व्यवसायीले बताए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारीसहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर