पूर्वाञ्चल खबर
चौहानले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इमर्जिङ प्लेयर (उदयमान खेलाडी) बनेका थिए । उनले प्रदेश ४ बाट अलराउन्ड प्रदर्शन गरेका थिए। उनले प्रदेश १ विरुद्धको खेलमा ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिँदै सानदार प्रदर्शन गरेपछि चर्चामा आएका थिए ।
नेपालले आगामी साउन १३ गते इंल्याण्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सबीचमा टी–२० सिरिज हुन लागेको हो । तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नछन् । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यसको तीन दिनपछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ । नेदरल्यान्ड्सविरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ । खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ । नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो।
पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् । यस्तै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला र सुशान भारी पनि टोलीमा रहेका छन् ।