RUMPUM
animated ellipse animated ellipse

दिल्लीमा एकै परिवारका एघार सदस्यको रहस्यमय मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०७५, सोमबार ०७:५१
3
Shares
नयाँदिल्ली / भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा एउटै परिवारका एघारजना सदस्यको रहस्यमय अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

एघार मध्ये दस जनाको शव आँखामा पट्टी बाँधेर झुण्डिएको र एकजनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले आइतवार बताएका छन् । तिनीहरु भेन्टिलेसनको नेटमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अहिले सम्म अनुसन्धानमा जुटेका प्रहरीले आत्महत्याको पत्र फेला पारेको छैन ।

मृतकहरु एकै परिवारका सात जना महिलासहित अन्य चारजना पुरुषको शव रहेको बताइएको छ । सत मध्ये मृतक मध्ये तिनजना किशोर अवस्थाका र एकजना ७५ वर्षीया वृद्धा रहेको पनि बताइएको छ । प्रहरीले प्ररम्भिक छानविनको क्रममा छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । यो समाचार आजको आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर