पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले कम्युनिष्टहरुको स्थिर सरकार बनेको देखेपछि विरोधका लागि मात्र यस्ता कुरा आएको बताए ।
कम्युनिष्टको सरकार आएपछि अधिनायकबाद उन्मुख भएको भन्नु आलोचना मात्र भएको भन्दै अव आलोचना हुने डरले आफनो दायित्ववाट सरकार पछि नहटने र चुनावी घोषणापत्र अनुसार जिम्मेवारी पुरागर्ने उल्लेख गरे ।
मन्त्री बास्कोटाले अहिलेनै सरकारको आलोचना गर्ने समय नभएको उल्लेखसमत गरे । उनले सरकार ५ बर्षका लागि बनेकोले सरकारले हतारमा नभई योजनाबद्ध ढंगले काम गर्ने भएकोले अहिले नै काम गरेन भनेर आलोचना गर्नुको कुनै अर्थ नभएको बताए ।
जनतासँग गरेको प्रतिबद्धता अनुसार सरकारले निति तथा कार्यक्रम ल्याएको भन्दै उनले यो काम गर्ने भएकोले १ बर्ष पनि नभई सरकारले काम गरेन भनेर मुल्याङकन गर्ने बेला अहिले नभएको बताए । स्थिर सरकार बनेकोले सरकारले तोकीएको काम तोकीएको समयमा हुनुपर्ने, भ्रष्टाचार रहित रुपमा काम हुनुपर्ने कुरा कडाइका साथ लागु गर्दै योजनाबद्ध रुपमा ५ बर्ष विकास र समृद्धिमा लाग्ने मन्त्री बास्कोटाको भनाई छ ।
अर्को एक प्रसँगमा मन्त्री बास्कोटाले मिडिया समन्धी कानुन मिडियालाई बाध्न नभई मर्यादिन बनाउन ल्याएकोले मिडियाकर्मीहरु चिन्तीत हुनुपर्ने अवस्था नभएको बताए ।