खबर पूर्वाञ्चल
सहकारीले लिजमा लिएको जग्गा मध्ये ९ कट्ठा जग्गामा सामूहिक धान रोपेर धान दिवस मनाइएको हो । धान रोपाईमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, १ नं. प्रदेशको कृषि मन्त्रालयका सह सचिव मनोज यादव क्षेत्रीय कृषि विकास कार्यालयका वरिष्ठ कृषि प्रसार अधिकृत डा.राजेन्द्र उप्रेती,उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेल,सहकारी संस्थाका अध्यक्ष दुगौप्रसाद खतिवडा लगायत संस्थाका शेयर सदस्यले धान रोपेका थिए ।
यस अघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले कृषि उत्पादन वृद्धिका लागि किसानसँग नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
शुक्रबार नगरपालिकाको सहयोगमा पाठशाला कृषि सहकारी संस्था उर्लाबारी ६ ले आयोजना गरेको धान दिवस कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । अन्न उत्पादन गर्ने किसानलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र मल वीउ उपलब्ध गराउन नगरपालिका जहिले सुकै क्रियाशील रहने बताउँदै उनले भने–‘अनुदान प्राप्त गर्न मात्र गरिने कृषि ब्यावसायलाई नगरपालिकाले कुनै सहयोग गर्दैन । उनले नगरपालिकाको लगानी भएपछि त्यसको प्रतिफल नगरपालिकाले नै खोज्ने उल्लेख गर्दै प्रतिफल देखिएन भने त्यस्ता किसान र संस्था कारबाही भोग्न तयार भए हुन्छ ।
उनले आर्थिक समृद्धिको आधार कृषि उत्पादन भएको बताउँदै अन्नमा मात्र परनिर्भरता घटाउन सके मुलुकको ठूलो धनराशी धान र मकै किन्नमा खर्च नहुने उल्लेख गरे ।
१ नं. प्रदेशको कृषि मन्त्रालयका सह सचिव मनोज यादवले देशको प्रमुख अन्नबाली धान भएको बताउँदै धानको उत्पादन वृद्धिमा जोड दिए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि विकास कार्यलयका वरिष्ठ कृषि प्रसार अधिकृत डा.राजेन्द्र उप्रेतीले २ दशक अघि सम्म धान निर्यात गर्ने नेपाल अहिले धानमा परनिर्भर भएको बताए । उनले कृषियोग्य जग्गामा जथाभावि प्लटिङ भएको बताउँदै नेपालको ठूलो श्रम शक्ति बैदेशिक रोजगारमा गइदिँदा नेपालका दुई बाली धान खेती हुने जग्गा बाँझै रहेको उल्लेख गरे । उनले भने –‘थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने प्रविधि भित्रिसकेकोले प्रविधिमा आधारित खेती गरे खाद्यान्नको परनिर्भरता अन्त्य गर्न सकिन्छ । उनले एसआरआई प्रविधिबाट खेती गरे धानको उत्पादन बढाउन सकिने बताए ।
वडा नं. ६का वडाध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा भएको धान दिवश कार्यक्रममा कृषि विकास बैंक उर्लाबारी शाखाका प्रमुख मनोज भट्टराई,पाठशाला कृषि सहकारी संस्था लि का अध्यक्ष दुर्गाप्रसाद खतिवडालगायतले बाले ।
तपाईको प्रतिक्रिया