RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरले असार १५ मनायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७५, शुक्रबार १९:४८
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले असार १५ मनाएको छ ।
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि स्कूलले असार १५ मनाएको हो ।

असार १५ को अवसरमा राष्ट्रीय धान दिवश, आँप दिवस तथा येलो दिवश हर्षोल्लासका साथ मनाएको स्कूलले जनाएको छ । सो अवसरमा पहेलो लुगामा सजिएको विद्यार्थीहरु अति उल्लसित मुद्रामा थिए भने शिक्षिकाहरु पनि पहेलो पहिरनमा निकै व्यस्त देखिन्थ्ये । विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले विद्यार्थीलाई आफ्नो संस्कृति, जीवनमा विभिन्न रंगको महत्व बारे व्यावहारिक तरिकाले सिकाउन यस्ता नियमित कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।

कृषि प्रधान मुलुक नेपालमा राष्ट्रीय धान दिवसको महत्व बारे बुझाउँन बालक–बालिकालाई धान खेतमानै लगेर रोपाईं को प्रक्रिया बारे सिकाईएको कुरा विद्यालयका निर्देशक राजेशकुमार दासले बताए । सो अवसरमा विद्यार्थीहरुलाई दहि–च्युरा खुवाइएको थियो । स्कूलमा मन्टेश्वरीस्तरमा अध्ययनरत १ सय ६० विद्यार्थीहरु सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर