नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा

खबर पूर्वाञ्चल, १३ असार २०७५, बुधबार ०२:०६

विराटनगर / रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको निर्णायक खेलमा नाइजेरियालाई पराजित गर्दै दुई पटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप–२०१८ को नकआउट चरणमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना समूह ’डी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । हारसँगै नाइजेरिया विश्वकपबाट बाहिरिएको छ।

खेलको १४ हौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोन मेसीले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता उल्टाएर नाइजेरियाले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो ।

अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोसेसले सहजै गोल गर्दै बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलमा आक्रमक देखिएको अर्जेन्टिनाले खेलको ८६ औं मिनेटमा मार्को रोजोले गोल गर्दै अर्जेन्टिनालाई नकआउट चरणमा पुर्याए ।

यसअघि पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलले पराजित भएको थियो ।

यता आजै भएको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरमा हराएसँग अर्जेन्टिना समूहको उपविजेता भई नकआउट चरणमा प्रवेश गरेको हो । यो समूहबाट क्रोएसियाले ३ मा जित हासिल गदै ९ अंकसाथ शिर्ष स्थानमा रहयो भने अर्जेन्टिना १ मा जित १ मा हार र १ मा बराबरी गर्दै ४ अंककासाथ नकआउट चरणमा पुगेको छ ।

अर्जेन्टिनाले नकआउट चरणमा फ्रान्स र क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५