रतुुवामाई नगरपालिकाको ६० करोड ३५ लाख ५३ हजारको वजेट प्रस्तुुत

खबर पूर्वाञ्चल, ११ असार २०७५, सोमबार १९:१७

रंगेली / मोरङको रतुुवामाई नगरपालिकाले आर्थिकवर्ष २०७५/०७६ को निति तथा कार्यक्रम सहित ६० करोड ३५ लाख ५३ हजारको अनुुमानित वजेट नगरसभामा प्रस्तुत गरिएको छ ।

चालुु आर्थिक वर्षका लागी नगरपालिकाकी उपप्रमुुख दयन्तदेवी चुुडालले वजेट प्रस्तुुत गरेकी हुन् । वजेटको आम्दानीतर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्र्तगत वित्तिय समिकरण अनुुदान १५ करोड ७५ लाख, सशर्त अनुुदान १८ करोड ९२ लाख, आन्तरिक श्रोतवाट १ करोड १० लाख ३० हजार , संघिय सरकारवाट राजश्व वाडफाडवापत प्राप्त अनुुमानित ९ करोड ९३ लाख ७ हजार , प्रदेश सरकारवाट राजश्व वाडफाड ५२ लाख, प्रदेश सरकारवाट वितिय समानिकरण ४२ लाख ७ हजार, प्रदेश सरकार सशर्त अनुुदानमा १ करोड, सामाजिक सुुरक्षामा १ करोड २० लाख , गरिवसंग विश्वेशर कार्यक्रम अन्र्तगत ८ लाख ५८ हजार सिमाक्षेत्र विकास कार्यक्रमा साढे ५७ लाख रुपैय सहितको अनुुमानित वजेट नगरसभामा प्रस्तुुत गरिएको हो ।

संघिय सरकारले नगरपालिकालाई गतवर्ष वित्तिय समिकरण अनुुदानमा २७ करोड रुपैय उपलव्ध गराएकोमा यो वर्ष सोही कार्यक्रममा १५ करोड ७५ लाख रुपैयामात्र उपलव्ध गराएको नगरपालिकाका प्रमुुख रविन राईले वताए । योे वर्ष नगरपालिकाले प्रयोगगर्न सक्ने वजेटमा साढे आठ करोड रुपैया कटौती गरेर संघिय सरकारले आफनो नगरपालिका प्रती अन्याय गरेको उनको भनाई छ । सो नगरपालिका रतुुवा खोला र वक्राहा खोलको विचमा पर्ने भएकाले वाढि र जमिन कटानका कारण सो क्षेत्रका वासिन्दाले समस्या भोग्दै आएका छन ।

नगरपालिकासंग पर्याप्त वजेट नहुुदा दिर्घकालिन तटवन्ध वनाउन समस्या भएको नगरपालिका प्रमुख राईको भनाई छ । नगरसभामा प्रस्तुुत वजेटमाथी छलफल शुुरु हुुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५