पूर्वाञ्चल खबर
फ्रान्सले अहिले भर्खैरै सम्पन्न भएको समूह सी को खेल दोस्रो खेलमा पेरुलाई १–० पराजित गर्दै फ्रान्स एक खेल अगावै नकआउट चरणमा पुगेको हो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २ – १ ले हराएको थियो । आजको जितसँगै फ्रान्सको ६ अंक भएको छ । अन्तिम १६ मा पुग्ने फ्रान्स तेस्रो टोली हो । यस अघि रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
लगातार दुई हारपछि पेरु भने समूह चरणबाट बाहिरिएको छ । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ । फ्रान्ससँग पराजित भएको पेरू अन्तिम खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
फ्रान्स केलीयन एमबाप्पेले गरेको एक मात्र गोल खेलको निर्णयक सावित भयो । एमबाप्पेले विश्वकपको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी समेत भए । उनले १९ वर्ष १८३ दिनको उमेरमा गोल गरेका हुन् ।
फ्रान्सले सन् १९९८ मा घरमै भएको विश्वकप जित्दा उनी जन्मिएका हुन् ।
एकाटेरीङवर्ग एरिनामा फ्रान्सलाई विजयी बनाउँन एमबाप्पेले खेलको ३४ औं मिनेटमा गोल गरेका हुन् ।