पूर्वाञ्चल खबर
महागनरीय अपराध महाशाखाले लुटपाटमा संलग्न अमर तामाङलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । गोली लागेर अमर घाइते छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर अमरको खुट्टामा गोली लागेको छ । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले अमरमाथी गोली चलाएको हो ।
विगतमा पनि पक्राउ परेर छुटेका उनले गत जेठ २४ गते १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए । ताप्लेजुङका वीरेन्द्र तामाङको पैसा उनले लुटेका हुन् । सस्तोमा डलर साटिदिने भन्दै बोलाएर लुटेका हुन् । अमरविरुद्ध धेरै वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।