पूर्वाञ्चल खबर
चलचित्रमा नायक अनुप विक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् । यस्तै अन्य कलाकारहरुमा वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राईलगायतले अभिनय गर्नेछन् । पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो भूमिकाको बारे संक्षिप्त कुराहरु राखेका थिए । चलचित्रको निर्माता अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता सन्तोष राई रहेका छन् । चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै पुरानो बुलेट चलचित्रमा उत्तमजंग लिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर रहेको छ ।
१ करोडको लागतमा निर्माण हुने यो फिल्मको छायांकन असार १५ गतेबाट सुरु हुनेछ । चलचित्रको छायाँंकन पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुने निर्देशक राईले जानकारी दिए । आउँदो मसिंरमा चलचित्र रिलिज गरिने लक्ष्य छ ।
घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको सुनाइन् । नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रम क्रेजी इन्टरटेनमेन्टका चलचित्र निर्माता विरेन साम्वाले केक काटेर वर्थ डे मनाइएएका थिए । चलचित्रलाई हरि लामा घलेले खिच्ने भएका छन् ।