पूर्वाञ्चल खबर

यस पर्वमा गरिने पूजाले समुदायमा शुख शान्ति र सुस्वास्थ्यको कामना गरि धनसम्पत्तिको अहमता त्याग्नु र आफ्नो शरीरको ध्यान दिनु पर्ने पर्वको मान्यता रहेको पूर्व राज्यमन्त्री एवम् राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भिमराज राजवंशीले वताए । समितिका केन्दीय अध्यक्ष राजवंशीले यस समुदाय भाषा , भेषभूषा र संस्कृतिमा धनी रहेको वताउँदै कसैको प्रलोभनमा नपरी आधुनिकतासंगसंगै संस्कृतिको संरक्षणमा लाग्नु पर्ने वताए ।
यस पर्वको पूजामा राजवंशी समदायका महिलाले “विर्ना” वीचमा मूठाको रुपमा राखि गोलआकारमा वसि पूजा गरिन्छ । यस पूजाको लागि यस मौसममा उत्पादन हुने फलफूलहरु आँप,लिची, अठिया केरा,काक्रा, र राजवंशी भाषाको डोहा(वडहर) तथा उसिना चामल , दुध दधि आदि सामाग्रीले विर्नाको पूजा गरिन्छ ।
पूजा पश्चात सुखली दुखली( धनी र गरिव) दिदी वहिनीको कथा वाचन पश्चात विर्नालाई सवै महिलाले माथि उठाउने र तल राख्ने प्रकिया गरी पूजा समाप्त गरिन्छ । यसरी विर्नाको मुठालाई माथि उठाउने तल राख्ने कार्यले समुदायमा सुखी शान्ति कायम भई सुस्वास्थ्य हुने विश्वास रहेको छ । यस पुजामा यो समुदायका पूरुषको सहभागिता रहने गरेको छ ।
पूजाको शुभारम्भको अवसरमा प्रदेश सदस्य ज्ञानेश्वर राजवंशीले समुदायको भाषा संस्कृतिवाट मुलुकको समृद्धि झल्किने वताउँने यूवा पुस्तालाई आ–आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिनु पर्ने वताए । कितवन्ती अनुसार यो पर्वले भगवान कृष्ण समेत पूजा गरिएको सो समुदायका विज्ञान राजवंशीले वताए ।