AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतको पहिरोले दार्चुला सदरमुकाममा त्रास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७५, बिहीबार ०७:१६
3
Shares
फाइल फोटो
दार्चुला /पाँच वर्षअघि बाढीले क्षतिग्रस्त दार्चुला सदरमुकाम खलंगाका बासिन्दा त्रसित बनेका छन् । यतिवेला भने भारतमा खसेको पहिरोले त्रसित बनाएको छ ।

महाकालीको पूर्वी किनारमा तटबन्ध निर्माण गरिएको भए पनि भारतको खोतिल क्षेत्रमा गएको सुक्खा पहिरोका कारण त्रास रहेको स्थानीय बासिन्दा बताउँछन् । असार लागेसँगै ढुक्कसँग निदाउन नसक्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । ‘पानी पर्न थाल्यो कि राति उठेर महाकालीतिर हेर्नैपर्छ,’ महाकाली नगरपालिका–४ का मदनसिंह धामीले भने ।

०७० मा आएको बाढीले खलंंगालाई तहसनहस पारेको थियो । त्यसपछि निर्माण थालिएको तटबन्धनको ८० प्रतिशत काम सकिएको जनाएको छ । जसमा बाँगाबगड लास्कु खोलादेखि नमस्कारसम्म साढे चार किलोमिटर लामो तटबन्धन निर्माण भएको छ । यो नौ मिटर अग्लो छ । आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर