AArya
RUMPUM
animated ellipse animated ellipse

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल अन्तिम १६ नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७५, बुधबार २०:००
3
Shares
विराटनगर / क्रिस्टियानो रोनाल्डोले रेकर्ड बनाएको खेलमा पोर्चुगलले २०१८ फिफा विश्वकपमा मोरक्कोलाई पराजित गरी अन्तिम १६ नजिक पुगेको छ । आज भएको समूह ’बी’को खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरी पोर्चुगल अन्तिम १६ नजिक पुगेको हो ।

जितसँगै पोर्चुगलले २ खेलबाट ४ अंक जोडेको छ । मोरक्को अंकबिहिन भई विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी पोर्चुगलका कप्तान क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

खेलको चौथो मिनेटमै रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । बेर्नान्डो सिल्भाको कर्नरलाई रोनाल्डोले हेडमार्फत बललाई जाली चुमाएका थिए । जारी विश्वकपमा रोनाल्डोको यो चौथो गोल हो । अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । मोरक्कोले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ भने पोर्चुगलले इरानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर