पूर्वाञ्चल खबर
रसियाले उद्घाटन खेलमा एशियाली राष्ट्र साउदी अरेवियालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । रसिया दुई खेलमा दुई जीतसँगै समूहमा ६ अंक जोड्दै समुह ए को शिर्ष स्थानमा रहन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
गोल रहित पहिलो हाफ भएको खेलमा रसियाले दोश्रो हाफमा इजिप्टले गरेको आत्मघाती गोलबाट अग्रता कायम गरेको थियो। खेलको ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा कप्तान मोहमदले आफ्नै पोष्टमा बल छिराउँदै रसियालाई अग्रता दिलाए ।
आत्मघाती गोलबाट अग्रता कायम भएपछि हौसिएको रसियाले खेलको ५९ औं डेनिस चेरसिभले गोल गर्दै रसियाको अग्रतालाई दोब्बर पारे । त्यसको तीन मिनेट वित्न नपाउदे रसियाका आर्टिम डेइवाले गोल गदै रसियाले ३–० गोलको स्पष्ट अग्रता लियो । खेलको ७३ औं मिनेटमा इजिप्टले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै कप्तान महोम्मद सालेहले सान्तवना गोल फर्काए । रसियाका खेलाडीले महोम्मद सालेहलाई डिवक्समा लडाएपछि इजिप्तले पेनाल्टीको अवसर पाएको थियो
इजिप्टले पहिले खेलमा उरूग्वेसँग हारिसकेको छ । लगातार दई खेलमा पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । बुधबार उरूग्वेले साउदी अरबलाई जितेमा रसिया र उरूग्वे अन्तिम १६ मा प्रवेश गर्नेछ ।