AArya
RUMPUM
animated ellipse animated ellipse

रोमाञ्चक खेलमा इंग्ल्याण्ड विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७५, मंगलवार ०६:४९
3
Shares
विजयी गोल गरेपछि खुसीयाली मनाउँदै इंग्ल्याण्डका कप्तान केन
विराटनगर / इंग्ल्याण्ड कप्तान ह्यारी केन चम्किँदा इंग्ल्याण्डले २०१८ फिफा विश्वकप समूह ’जी’ को खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गरेको छ । दुवै गाोल कप्तान केनले गरे ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा कप्तान केनले गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित हात पर्न सफल भयो । कप्तान केनले क्लोज रेञ्जबाट गरेको हेडले सिधै गोलपोस्टको दिशा लिएको थियो।
इस अघि खेलको ११ मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । उनले क्लोज रेन्जबाट बललाई जाली चुमाएका थिए । तर ३५ मिनेटमा ट्युनिसीयाले बराबरी गोल फर्काउन सफल भयो । सासीले पेनाल्टीमा गोल गरेका थिए । इंग्ल्याण्डका केल वल्करले ट्युनिसयाका बेन युसुफलाई डिबक्स भित्र फल गरेपछि ट्युनिसयाले पेनाल्टी हानने अवसर पाएको थियो।

जी समूहको अर्को खेलमा बेल्जियमले विश्वकपको डेब्यू टिम पानामलाई ३–० गोलले पराजित गरेको थियो। बेल्जियमका लागि रोमेलु लुकाकु २ गोल र ड्रिस मार्टिन्स गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर