पूर्वाञ्चल खबर
राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी थिइन् ि
मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि हात पारेकी छिन् भने मस्ट पपुलरको ताज समेत बिजेता न्यान्सी अग्रवाललेनै जित्न सफल भएकी थिइन् ।
मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यवसायिक मोडल बनाउँन मिस ग्यालेक्सी २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए।
प्रतियोगिताको निर्णायकमा चर्चित नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा।सुमित्र अर्याल, निर्देशक राजु केसी चिरन्जिबी गुरागाई, डा।राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर रहेका थिए ।
प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठको ईभेण्ट अर्गनाइजर लववहादुर कार्की, चर्चित कोरियोग्राफर आस्विनी कान्त झा तथा रंग पत्रकार सुर्य चन्द सम्मान गरेकी थिइन् ।