AArya
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य घट्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७५, आईतवार १९:४५
3
Shares
विराटनगर / चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आज राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।

प्रत्येक १५ दिनमा मुल्य समायोजन गदै आएको निगमले भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य घटेएको हो । पेट्रोलमा ३ रुपैयाँ तथा डिजेल र मटितेलमा २–२ रुपैयाँ मुल्य घटाएको निगमले जनाएको छ

नयाँ मूल्यसूची अनुसार अव पेट्रोलको प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर