विश्वकपमा डेब्यू गरेको आइसल्यान्डले अर्जेन्टिनासँग अंक खोस्यो, मेस्सी पेनाल्टीमा चुके

खबर पूर्वाञ्चल, २ असार २०७५, शनिबार २१:०८

विराटनगर / अर्जेन्टिना कप्तान लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै विश्वकपको महारथी मानिने अर्जेन्टिनालाई बराबरीमा रोक्दै अंक बाडेको छ ।

आज भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।

अर्जेन्टिनालागि सर्जियो अग्यूरोले १९ औँ मिनेटमा गोल गरेका थिए । जसको जवाफ आइसल्यान्डका फिनबोग्सनले २४ औँ मिनेटमा गोल गरेर बराबरी गरेका थिए। खेलका नायक बने आइसल्यान्डका गोल किपर हनेस हल्डरसन । उनले म्यान अफ द म्याच प्रदर्शन गर्दा मेसीले प्रहार गरेको पेनाल्टी रोकेका थिए। अर्जेन्टिनाले ६४ औँ मिनेटमा पाएको पेनाल्टी मेसीले प्रहार गरेको पेनाल्टीलाई हल्डरसनले रोकेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५