पूर्वाञ्चल खबर
प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले दुई तिहाइको वलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने वताएका हुन् ।
वहुजाति, वहुभाषि भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनताले पनी त्यसलाई नस्वीकार्ने उनको तर्क थियो । नेता डा.कोइरालालले आगामी पाँच वर्ष सम्म काग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेखसमेत गरे । कांग्रेस प्रतिपक्षमा वसेपनि विकास र समवृद्धिको एजेण्डामा भने पार्टीको सक्दो सहयोग रहने उनले वताए । एक प्रश्नमा डा. कोइरालाले सरकारको विरुद्धमा आन्दोलन गर्ने वेला अहिले नआएको बताए । सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको , मुलुकमा दण्डहिनता वढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नु पर्ने उनले वताए ।
नेता डा.कोइरालाले कांग्रेस विचको गुट गुटका कारण पार्टी कमजोड वन्दै गएकोले कांग्रेसमा एकता आवश्यक रहेको बताए । आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अहिले महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनु पर्ने उनले वताए ।
डा.कोइरालाले सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको आरोप समेत लगाउन भ्याए । नेता कोइरालालले संघिय सरकार प्रदेश सरकारलाई दिएको वजेट थोरै भएकाले संघियता कार्यान्वयमा समस्या पर्ने वताए । उनले संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानियता आई सकेको अवस्थामा संघिय सरकारले प्रदेश सरकारलाई वजेट विनियोजित गर्न कन्जुसाई गर्न नहुने उनको भनाई थियो ।