पूर्वाञ्चल खबर
आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी आदर्श उच्च माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाल र डा. विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आदर्श विद्यालयका पूर्व विद्यार्थीसमेत गरेका डा. विष्टले कक्षा ११ र १२ कक्षामा विज्ञान विषय लिई अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र तथा छात्रालाई छात्रवृत्ति प्रदान गर्नको लागि अक्षय कोष स्थापना गरिएको छ । डा. विष्टले आमा र बुवा को स्मृतीमा स्थापित उक्त छात्रवृत्ति अक्षय कोषमा तीनलाख जम्मा गरिएको छ ।
स्वास्थ्य सेवा बाहेक डा. विष्टले विगत लामो समयदेखि रोटरी, लायन्सलगायतका सामाजिक संस्थाको माध्यमबाट पनि सामाजिक कार्य गर्दे आएका छन् । डा. विष्ट रोटरी क्लबका मेजर डोनर पनि हुन् । अक्षय कोष स्थापना पछि बोल्दै डा. विष्टले आफ्नो प्रयास सदैव समाजको लागी केही योगदान गर्ने रहेको बताए ।