पाँच वर्ष भित्र पाँच लाख पर्यटक भित्र्याउने– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७५, सोमबार १५:५४

विराटनगर / आगामी पाँच वर्ष भित्र १ नम्बर प्रदेशमा ५ लाख विदेशी पर्यटक भित्राउने १ नम्बरका मुख्य मन्त्री शेरधन राईले वताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा आज विराटनगरमा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवम् विमानस्थलका लागि भावी योजना विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य मन्त्री राईले प्रदेशमा रहेका धार्मिक, हिमाली क्षेत्रमा आवश्यश पूर्वाधारण निर्माण गरी छिमेकी पर्यटकलाई आकर्षित गर्ने योजना रहेको बताए ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिक रुपमा विस्तार गरि छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री राई विरानगर विमानस्थलमा प्रदेश प्रदेशको पर्यटकीय स्थल,प्रदेशको विशेषता र प्रदेशको तथ्याङक आदि झल्कने फ्याक्स वोर्ड, सूचना पाटी, फोटो आदि राख्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राईले प्रदेश मन्त्रीपरिषद वैठकवाट विराटनगर विमानस्थलको रन वे ३ हजार मिटर पुर्याउने सम्वन्धमा मन्त्रीपरिषद वैठकवाट पास गर्नेे जानकारी दिदै आगामी छ महिना भित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने वताए ।

विराटनगर विमानस्थलको रन वे ३ हजार मिटर पुर्याउने मास्टर प्लान निर्माण गर्ने, कन्चनवारी देखि विमानस्थलमा स्मार्ट रोड वनाउने, विराटनगरवाट माउन्टेन उडान गने, लुक्लाको लागि उडान गर्ने,यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्वाई हवाई उडान संचालन गर्ने , नेपाल एयरलाइन्सको उडान कम भएकोले उडानमा थप गर्ने ,विमानस्थलमा सिटिपी रुमको निर्माण गर्ने आदि निर्णय भएको छ । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग,पर्यटन , वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५