संविधान संशोधनको विषयमा लिखित प्रस्ताव आएमा सरकारमा जाने – नेता महतो

खबर पूर्वाञ्चल, २७ जेष्ठ २०७५, आईतवार १४:२२

विरानगर / वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागि नहुने राष्ट्रिय जनता पार्टि नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वताए ।

विराटनगर विमानस्थल आज संचारकर्मीसंग कुरा गर्दै महतोले संविधान संशोधनको विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने बताए । उनले संविधान संशोधन विषयमा विगतमा छ महिना पार्टीले आन्दोलन गरेको गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागीको लागि राजपाको मुख्य एजेण्टा नै संविधान संशोधन भएको उल्लेख गरे ।

अध्यक्ष मण्डलका सदस्य महतोले संघीय सरकारका संघीय समाजवादी पार्टी नेपाल सहभागी हुनुलाई आफूले ठूलो कुरा नभएको वताउँदै सरकारमा जाने महत्वपुर्ण कुरा होइन र पार्टीले सरकारमा सहभागि नभएपनी समर्थन भने दिइरहेको उल्लेख गरे ।

नेता महतो संविधान संशोधनका विषयमा नेपाल कम्यूनिष्ट पार्टीसंग विगतमा पटक पटक वार्ता भएपनि कुनै विश्वासिलो वातावरण तयार नभएको वताउँदै संविधान संशोधन आश्वासनको रुपमा हैन लिखित रुपमा आउनु पर्ने बताए । उनले प्रदेश नं २ का जनताको आन्दोलन र मतवाट निर्माण भएको प्रदेश सरकारवाट राजपा अलग नहुने प्रष्ट पारे ।

नेता महतोले आफनो पार्टिप्रति जनताको विश्वास रहेकाले जनताको भावना विरुद्ध राजपाले कुनैपनी निर्णय नलिने बताए । उनेले कार्यकारणी राष्ट्रपति प्रणालीका सम्वन्धमा संघीय संसदमा कुनै छलफल नभएको वताउँदै राजपा संसदीय प्रणाली प्रति समर्पित पार्टी रहेको वताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५