AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दातासँग सम्झौता गर्दा परराष्ट्रको उपस्थिति अनिवार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७५, शनिबार ०८:०१
3
Shares
फाइल तस्वीर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सहायता प्राप्त गर्ने सिलसिलामा दातासँग गरिने वार्ता तथा सम्झौता प्रक्रियामा परराष्ट्र मन्त्रालयको अनिवार्य प्रतिनिधित्व गराउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयले दातासँग जथाभावी सम्झौता गरेपछि केही दिनअघि बसेको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्रीले परराष्ट्रको उपस्थितिविना कुनै दातासँग वार्ता तथा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।

गत सोमबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठक बसेको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँणेलले विकासमा देखिएको समस्याका बारेमा प्रस्तुति दिएका थिए । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर