गोरेसहित ४ जनालाई किन झिकाइँदै छ काठमाडौं ?

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७५, शनिबार ०७:५६

काठमाडौँ / साढे ३३ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्न ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित चार जनालाई काठमाडौं झिकाइने भएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी श्याम खत्री, डेबिट भनिने छिरिङ वाङ्दा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागले पत्र लेखेको छ ।

शुद्धीकरणले काठमाडौं झिकाएकै मौका छोपेर गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरुलाई पुनः छुट्टा छुट्टै र सामूहिक बयान लिने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५