‘सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’

खबर पूर्वाञ्चल, २४ जेष्ठ २०७५, बिहीबार ०७:२८
फाइल तस्वीर

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन् ।

३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।

‘छानबिन त्रुटिपूर्ण छ भन्ने जस्ता कुरा आएका छन् । गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ । हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने ।उनले छानबिन समिति तस्करको जति नजिक पुग्दैछ त्यति नै ठूला माछा छटपटाइरहेका दाबीसमेत गरे । ‘यसलाई छटपटीको रुपमा पनि बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भइरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छन्’, गृहमन्त्री थापाले भने । याे खबर अाजकाे नागरिक दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५