AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेसले नयाँ रणनितिका साथ अगुवा कार्यकर्तालाई तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७५, मंगलवार १६:०८
3
Shares
कुमोद अधिकारी
विराटनगर । मोरङ कांग्रेसले नयाँ रणनिति तथा नयाँ कार्यक्रमका साथी स्थानीय स्तरमा अगुवा कार्यकता परिचालन गर्ने भएको छ । पार्टीलाई संगठित वनाउने उदेश्यले कांग्रेसले गाउँ, नगर तथा वार्डमा प्रशिक्षित कार्यकर्ता परिचालन गर्न लागेको हो ।

पार्टीले भोगेको पराजयलाई चिर्न नयाँ निति र नयाँ सिदान्तका साथ अगुुवा कार्यकर्तालाई परिचालन गर्न लागेको हो ।

मोरङ कांग्रेसले त्यसका लागी कांग्रेसका नयाँ निति कस्तो हुने र कार्यकर्तालाई कसरी संगठित वनाउँन सकिन्छ भन्ने विषयमा अगुवा कार्यकर्तालाई तालिम समेत दिन शुरु गरेको छ । कार्यकर्तालाई प्रशिक्षण वनाउन कांग्रेसले ८० जना अगुुवा कार्यकतालाई तालिम दिइ रहेको छ ।

कांग्रेसका आगामी रणनिति र पाटीलाई थप संगठित वनाउन विषयमा कांग्रेसका केन्द्रीय नेताहरुले उनीहरुलाई तालिम दिन शुरु गरेको कांग्रेस मोरङ जिल्ला सभापती डिकवहादुर लिम्वुले वताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, गुुरुराज घिमिरे , केशव निरौलाालगायतले प्रशिक्षण दिइ रहेका छन् ।

अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि विराटनगरमा शुरु भएको हो । दुईदिने तालिममा सिपविकासतर्फ विकल्प शेरचन र उषामल्ल सिंहले प्रशिक्षण दिई रहेका छन् । तालिममा महिलासंघ, नेविसंघ, तरुणदल तथा सवैक्षेत्रका विभिन्न संघसंगठन प्रमुखहरुको सहभागिता रहेको छ । पार्टीलाई नयाँ सोच र नयाँ रणनितिका साथ नेता तथा कार्यकर्ता परिचालन गर्न तालिमको आयोजना गरिएको प्रशिक्षण विभाग प्रमुख फुलकुमार लालवानीले वताए ।

कांग्रेसले भोग्नु परेको पराजयको समिक्षा गर्न कांग्रेस अव जनताको घरघरमा जाने उदेश्यले तालिमको आयोजना गरेको सभापती डिकवहादुर लिम्वुको भनाई छ । उनका अनुसार सातवटै निर्वाचन क्षेत्रमा गएर प्रशिक्षित अगुवा कार्यकर्ताले पार्र्टीका अन्य कार्यकतालाई प्रशिक्षण दिने उनको भनाई थियो । मोरङ कांग्रेसका सचिव नागेश कोइराला तथा मोदराज घिमिरेले सर्वसाधारणको मन जित्नेगरी कांग्रेस अघि वढने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर