AArya
RUMPUM
animated ellipse animated ellipse

निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु बर्षौदेखि शोषणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ जेष्ठ २०७५, सोमबार १८:३०
3
Shares
विराटनगर / निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु बर्षौदेखि शोषणमा परिरहेको गुनासो गरेका छन् ।

नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई चरम शोषण गरेको आरोप लगाएका छन् ।
‘मुलुकमा प्रजातन्त्र , लोकतन्त्र, गणतन्त्र र संघियता आदी आए पनि हामी निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई ‘बेल पाक्यो हर्स न विर्ष ’ भने झै भएको नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङका सचिव प्रेम तामाङले गुनासो गरे ।

यसैविच नेपाल संस्थागत विद्यालय शिक्षक युनियन मोरङले एक नम्बर प्रदेशका सामाजीक तथा शिक्षामन्त्री जीवन घिमिरेलाई १६ बुदे मागपत्र बुझाएका छन् । उनीहरुले निजी विद्यालयमा कार्यररत शिक्षक तथा कर्मचारीहरुको लागी नियुत्ती पत्र पाउनु पर्ने, सरकारी शिक्षक सरह तलव सुविधा पाउनु पर्ने,सञ्चय कोषको व्यवस्था हुनुह पर्ने, महङगी, उपदान,पोशाक भत्ताको व्यवस्था हुनुपर्ने भन्दै मागपत्र बुझाएका छन् ।

त्यस्तै श्रम ऐनले तोकेको सेवा सुविधा लागु गर्नु पर्ने विद्यालय व्यावस्थापन समितीको गठनमा शिक्षकलाई समावेश गर्नु पर्ने , सार्वजनिक विदामा पनि विद्यालय लगाई शिक्षकलाई बोलाईने कामलाई रोक्नु पर्ने, सुत्केरी विदामा शिक्षक तथा कर्मचारीको मुख हेरीनु पर्ने, विरामी विदा पनि छुटाउनु पर्नेलगायतका माग प्रस्तुत गरेका छन् । यदि निजी विद्यालयहरुले हाम्रा माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जाने चेतवानी दिएका छन् ।

आन्दोलन अन्र्तगत नारा, जुलुस ,अनसन र हातमा कालो पटी लगाएर विरोध गर्ने भष्ट्राचार विरुद्धको अभियानको केन्द्रीय शिक्षा संयोजक चिराग सरलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर