AArya
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल अब लिटरको ११३ रुपैयाँ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७५, शनिबार २१:४५
3
Shares
विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३–३ रुपैयाँ वृद्धि गरेकोे हो ।

मुल्य वृद्धि अब पेट्रोल एक लिटरको १ सय १३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १ सय ३९ रुपैयाँ घाटा छ । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५–१५ दिनमा आउँने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर