खेलकूदलाई पहिलो प्राथमिकतामा– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७५, शनिबार २०:४१
फाइल तस्वीर

बिराटनगर / १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी वजेटमा खेलकूदलाई पहिलो प्राथमिकतामा राख्ने वताए ।

१० औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकूद प्रतियोगिताको आज विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन । उनले खेलाडीको वृत्ति विकासका लागि प्रदेशमा रंगशाला, प्रशिक्षण र दक्ष प्रशिक्षकको व्यवस्था गर्ने जानकारी समेत दिए ।

खेलाडीले खेलकूदको माध्यवाट आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उचाई पुर्याउनु पर्नेमा जोड दिदै मुख्यमन्त्री राईले सरकारले खेलकूदलाई विकास र समृद्धिको एउटा महत्वपूर्ण अंग मानेको बताए ।उनले मुलुकमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा मुलुकमा खेलकूद महत्व धेरै रहेको वताउँदै खेलाडीले अनुशासन कायम गरी जिल्ला, प्रदेश र देशको नाम उज्ज्वल राख्नु पर्ने धारणा राखेका छन् ।

मुख्यमन्त्री राईले नेपाली जनता एक ढिक्का भएको अहिलेको अवस्थामा जनताले आफ्नो कानून वनाइरहेको तथा मुलुकमा शुसासन कायम गरी नयाँ युगमा प्रवेश गरेकोले जनताको विकास र समृद्धिको चाहना पुरा हुने बताए ।

पूर्वाञ्चाल खेलकूद परिषदका अध्यक्ष रविन नगरकोटीको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशरवहादुर विष्टको खेलकुदको महत्वबारे बोलेका थिए ।

जेठ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नं १ का १४ जिल्लाका ९ सय ५० जना खेलाडीको सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन प्रतियोगितामा ३५ लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ । प्रतियोगितामा उसु, कराँते, एथलेटिक्स, भलिबल, तेक्वान्दो र कवड्डी ६ विधाको खेलहरु हुने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौमा हुने १० औ राष्ट्रिय राष्ट्रपति खेलकूद प्रतियोगितामा सहभागी जनाउँने छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५