विराटनगरको विकासमा लापरवाही गर्ने तीनजना विराटनगरबाट पक्राउ

खबर पूर्वाञ्चल, १९ जेष्ठ २०७५, शनिबार १६:४५

विराटनगर / विराटनगरको विकास निर्माणको काममा लापर्वाही गर्ने एक ठेकेदार सहित तीन जनालाई आज विराटनगरबाट पक्राउ परेका छन् ।

रानी– धरान सडकखण्डअन्तरगत महेन्द्रचोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त सहित तीन जनालाई आज विराटनगरवाट प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको विकास निर्माणको अनुगमन गर्दै मेयर पराजुली
पक्राउ पर्नेका सोही निर्माण सेवाका सुपरभाइजर विनय साह र एक जनाको नाम भने खुल्न सकेको छैन । विराटनगर महानगरका मेयर भीम पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले सिमेन्टनै नमिसाई वालुवाले मात्र ईट्टा जोडाइ गर्दे गरेको भेटिएपछी निर्माणमा सम्लग्नहरुलाई प्रशासनीक कारवाहीका लागी सिफारिस गरेलगत्तै उनीहरु पक्राउ परेका हुन् ।

विकासको काममा चरम लापर्वाही भएको देखिएपछि आजैै मेयर पराजुलीले त्यसमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेका थिए । यसको केही समयमै प्रहरीले ठेकेदार पन्तसहित उनका सहयोगीलाई पक्राउ गरेको हो । महानगरले प्रशासनीक कारवाहीका लागि गरेको पत्रमा टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा,सोही कम्पनीका मेनेजर रवि पन्त ,सुपरभाइजरद्धय संजय रजक , विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई यथासिघ्र पक्राउ गरी प्रशासनीक कारवाही गर्न भनिएको छ । उक्त पत्रको बोधार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाएको छ ।

पटक पटक व्यपारिक मार्ग विस्तार आयोजन महेन्द्र चोक देखि वरगाछीको भागमा गुणस्तरहिन काम र हरेक विकासमा ढिलाई भएका कारण पक्राउका लागि सिफारिस गर्नु परेको विराटनगर महानगरका मेयर पराजुलीले जानकारी दिए । उनले ठेकेदारले कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोहीलाई नछाड्ने समेत चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५